पोखरा सेती नदीमा वेवारिसे शव फेला, बायाँ पाखुरामा लिजा लेखिएको महिलाको तस्वीरसहितको ट्याटु

पाेखरा | मंसिर २९, २०८०

पोखरा सेती नदीमा वेवारिसे शव फेला, बायाँ पाखुरामा लिजा लेखिएको महिलाको तस्वीरसहितको ट्याटु

पोखरा:  पोखरा रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा पुरुष जस्तो देखिने एक व्यक्तिको शव फेला परेको छ । प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे शव फेला पारेको हो । 


पोखरा महानगरपालिका १० रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा अन्दाजी २५ वर्षीय जस्तो देखिने सडेगलेको अवस्थामा वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्हरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । 


सेती नदीमा वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको बायाँ पाखुरामा म्याइ लाइफ लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह रहेको कास्की प्रहरीले जनाएको छ । 


 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्